info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

अपर तामाकोशीमा लगानीकर्ताको आकर्षण बढ्दो, शेयर मुल्य घट्दो

By: Nepse Direct Jan 21, 2019

इन्भेष्टीङ नेपाल संवाददाता

माघ ७, काठमाडौं 

अपर तामाकोशी जलविद्युत कम्पनीको शेयर कारोबारमा शेयर लगानीकर्ताको उल्लेख्य आर्कषण देखिएको छ । कम्पनीले गत साताको आइतबारदेखि शेयर कारोबार सुचारु गरेको थियो । त्यसको एक सातामा नै लगानीकर्ताको कम्पनी प्रति उल्लेख्य आर्कषण देखिएको छ । जसका कारण अपर तामाकोशी शेयर बजारमा कारोबार हुनेमा उत्कृष्ट १० भित्र पर्न सफल पनि भएको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार भएको कारोवारलाई आधार मान्ने हो भने एउटै कम्पनीको शेयर १२ हजार ४८९ पटक कारोवार भएको छ । कारोवार भएको शेयर संख्या भने सात लाख २९ हजार २३८ रहेको छ । सो कम्पनीको आइतबार मात्रै रू. २३ करोड ४३ लाख चार हजार ५३१ मूल्य बराबरको कारोवार भएको थियो । 

नेप्सेको इतिहासमा अनलाइन प्रणाली शुरु भएपछि एउटै कम्पनीको धेरैपटक शेयर कारोवार भएको यो पहिलो पटक हो । स्टकमा आइतबार १४ हजार ४ सय पटक शेयर किनबेच भएको थियो । त्यसमा तामाकोशीको मात्रै १२ हजार ४८९ पटक शेयर कारोवार भएको नेप्सेको भनाइ छ । 

यद्यपि, कम्पनी प्रति लगानीकर्ताको आर्कषण बढ्दै गएतापनि शेयर मूल्य भने घट्दै गएको छ । अघिल्लो साता निरन्तर बढेको कम्पनीको शेयर मुल्य यस साता घट्दै गएको छ । आइतबार शेयर मूल्य ६ दशमलव १० प्रतिशतले घटेको छ ।  यस्तै, सोमबार पनि साढे १ बजेसम्म झण्डै ९ प्रतिशतले शेयर मुल्य घटेको छ । 

यस घडीसम्म कम्पनीको शेयर मुल्य २६ रुपैयाँले घटेर २ सय ६६ पुगेको छ । यद्यपि, कम्पनीको शेयर कारोबार उत्कृष्ट १० मा नै रहेको छ । 

यस्तै, उत्कृष्ट १० कम्पनी मध्ये अपर तामा कोशीको सबैभन्दा बढी कारोबार भएको छ । यस घडीसम्म कम्पनीको शेयर कारोबार रू. ७ करोड ३७ लाख पुगेको छ । यस्तै, हालसम्म एनआईसी एसियाँ बैंकको शेयर कारोबार १ करोड ९१ लाख बराबरको पुगेको छ ।

Mega Maya Bachat Khata
Companies in this article: