info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

आइएमई जनरल इन्स्योरेन्सले बोलायो बार्षिक साधारणसभाको बैठक

By: Nepse Direct Jun 13, 2019

आइएमई जनरल इन्स्योरेन्स (IGI) ले आगामी असार २९ गते २१ औं  बार्षिक साधारणसभाको बैठक बोलाएको छ  ।

कम्पनी संचालक समितिको गत जेठ २८ गते बसेको ७८ औं बैठकले सो बैठक बोलाएको हो । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ९७ करोड ३० लाख रुपैयाँको ५ प्रतिशत बोनस प्रस्ताव पारित गर्नेछ ।   

कम्पनीले एक जना संस्थापक समूहबाट एक जना संचालक नियुक्त गर्नुका  साथै कुनै निर्जिबन बिमा  कम्पनीसंग गाभ्ने गाभिने अथवा प्राप्ति गर्ने सम्बन्धि अधिकार संचालक समितिलाई प्रदान गर्ने जनाएको छ । 

गत जेठ ९ गते बसेको  संचालक समितिको  ७७ औं बैठकले आर्थिक वर्ष २०७४/७५ मुनाफाबाट हाल कायम चुक्ता पूँजी ९७ करोड ३० लाख रुपैयाँको ५ प्रतिशत बोनस प्रस्ताव गरेको थियो । इन्स्योरेन्सकोे बोनस प्रयोजनको लागि लाग्ने कर भने शेयरधनी आफैले ब्योहोर्नु पर्नेछ । 

लाभांश पारित भएपछि इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २ करोड रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ३९ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी १० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

जगेडा कोषमा १९ करोड ४४ लाख रुपैयाँ र बीमा कोषमा २२ करोड ७९ लाख रुपैयाँ संचित रहेको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७२ पैसा, प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात २९.१५ गुणा बढी छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले आगामी  असार १५ गते देखि २९ गते सम्म बुकक्लोज गर्ने जनाएको छ। सो अनुसार असार १२ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन्।

igi agm calls

Companies in this article:
IGI