info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

किन बढ्दैछ हाईड्रोको सेयर ? कुन सेयर किन्ने

By: Nepse Direct May 08, 2021

किन बढ्दैछ हाईड्रोको सेयर ? 

हाईड्रो किन बढ्दैछन भनेर हामिले केहि हाईड्रो विज्ञ, ब्रोकर र बैंकर हरुलाई बुझेका थियौँ त्यही आधारमा हामीले हाईड्रोपावर क्षेत्रको निम्न उल्लेखित बुँदामा चिरफार गर्ने प्रयास गर्दै छौँ ।  

api1

१. हाईड्रोमा पुँजी बढाउन धितोपत्र बोर्डले नरोक्ने निति

धितोपत्र बोर्डले हाल सम्म हाईड्रो समुहले आवेदन गरेको हकप्रद सेयर जारी गर्ने सम्वन्धमा लचिलो निति लिएकै कारण पनि हकप्रद सेयरको आशमा लगानीकर्ताहरु हाईड्रोको लगानी प्रति आशावादी देखिएका छन् । छ्याङ्गदि, एचआईडिसियल, अपि लगायतका हाईड्रोहरु को हकप्रद निश्कासन प्रकृया अन्तिम चरणमा पुगेको साथै ङादी , हिमाल दोलखा,  लगायतका धेरै हाईड्रोपावर कम्पनीहरुले पनि हकप्रद सेयरदिने योजना बनाई रहेका कारण पनि हाईड्रोको लगानीमा छोटो समयमा नाफा कमाउने हिसाबमा लगानीकर्ताहरु आकर्षित भएका छन । 

२. अधिकांश हाईड्रोपावर कम्पनीका सेयरहरु सस्तो मूल्यमा उपलब्ध भएका

नेपाल धितोपत्र बजारको दोश्रो बजारमा सुचुकृत जम्मा ४० वटा हाईड्रो पावर कम्पनीहरुको सेयरहरु न्युन मूल्यमा उपलब्ध हुनु पनि अर्को आकर्षणको केन्द्रविन्दु हो अहिलेको हाईड्रोमा आएको बुल रेस । झण्डै २५ वटा भन्दा बढि हाईड्रो पावर कम्पनीको सेयर मूल्य ३०० घटि छन्, यस अर्थमा एउटा मनोबैज्ञानिक हिसाबमा हाईड्रो पावर कम्पनीको सेयर मूल्य बढ्नेमा खुद्रा र संस्थागत लगानीकर्ताहरुनै आत्मविश्वासी देखिन्छन । 

३. कोभिडको कारण बैंकिग र अन्य क्षेत्रलाई असर गर्दा समेत हाईड्रोपावर कम्पनीहरुको नाफामा फरक नपर्ने बुझाई

अन्य सेवा सुविधाको उपभोग घटे पनि विद्दुतको मागमा फरक परेको देखिदैन र सरकार सँगको सम्झौता अनुरुप नै हाईड्रोपावर कम्पनीहरुले आम्दानी आर्जन गर्ने हुँदा हाईड्रोपावर कम्पनीहरुको नाफामा कुनै फरक नपर्ने देखिन्छ । 

४. बनिरहेका परियोजनाहरुको समेत सस्तो ब्याजमा लगानीको ब्यवस्थापन भईरहको लागत घट्ने दखियो 

कोभिड महामारीका कारण अन्य ब्यापार ब्यवसायलाई धेरै असर गरेता पनि हाईड्रोपावर कम्पनीहरुलाई सस्तोमा ब्याज उपभोग गर्न पाएका छन जसको कारण उनीहरुको लागतमा कमि आउने र  नाफामा बढेत्तरी आउने निश्चित छ । अहिले हाईड्रोपावर कम्पनीहरु बैंक सँग मस्तले ब्याजमा बार्गेनिङ्ग गर्ने गरेको बैंकरहरु बताँउछन । 

५. हाईड्रोमा गरिएको लगानीको श्रोत नखोजिने भनिएको कारण 

अहिले आफ्नो मूख्य ब्यापारबाट कोभिडको कारण घरका थन्किएका ठुला ब्यापारी, सप्लाएर, म्यानपावर ब्यवसायी, होटल ब्यवसायीहरुको पहिलो रोजाई नै हाईड्रोमा पर्ने गरेको देखिन्छ । एक ब्रोकरका अनुसार हाईड्रोमा गरिने लगानीको प्राथामिक बजार र दोश्रो बजार नै नबुझेका लगानीकर्ताहरु केहि नबुझि कुन हाईड्रो किनौ भन्छन, अन्य क्षेत्रमा राम्रो छ भन्यो भने त्यता वढि कर तिर्नु पर्छ भन्छन जसको काराण हाईड्रो पावर कम्पनीका सेयरहरुको माग नसोचेकै हिसाबमा बढेर गएको स्वीकार गर्दछन । 

६. उच्च डिमान्ड , न्यून सप्लाई

बेच्ने कोहि छैन भनै किन्ने लगानीकर्ताले बढि तिरेर किन्छु भन्नै पर्यो अर्थात किन्ने लगानीकर्ताहरु बढि र बेच्ने लगानीकर्ताहरु कम हुँदा त्यो सेयरको डिमाण्ड धेरै छ भनेर सजिलै अनुमान गर्न सकिन्छ । पछिल्लो अवस्थामा हाईड्रोका सेयरहरुको अवस्था त्यस्तै देखिन्छ।  अपरतामाकोसी लगायतका केहि हाईड्रोलाई छोड्दा बैंक एवं वित्तिय संस्था, ईन्सुरेन्स र अन्य क्षेत्रका कम्पनीहरु भन्दा यो क्षेत्रको पुँजी कम भएका कारण बजारमा सप्लाई कम हुने नै भयो, यसै कारण पनि मूल्यहरु छोटो समयमा बढ्न सक्ने सम्भावना छ। 

Mega Maya Bachat Khata