info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

गरिमा विकासको खुद नाफा २६.३२ प्रतिशत बढ्यो

By: Nepse Direct Aug 13, 2019

गरिमा विकास बैंक लिमिटेड GBBL  0.00 %  212.00 ले गत आवको चौथो त्रैमासमा ५९ करोड २२ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २६.३२ प्रतिशत बढेको हो । कम्पनीको वितरण योग्य मुनाफा भने ४५ करोड ३१ लाख १२   हजार रहेको छ ।

८५ करोड भन्दा बढी संचालन मुनाफा

बैँकको संचालन मुनाफा समिक्षा अवधिमा ३१.८४ प्रतिशत बढेर ८५ करोड ६६ लाख ६१ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, बैँकको खुद ब्याज आम्दानी ३७.६४ प्रतिशत बढेर १ अर्ब ४० करोड ५२ लाख ५४ हजार पुगेको छ । 

चुक्ता पूँजीमा १० प्रतिशत वृद्धि

असार मसान्तसम्ममा बैकको चुक्ता पूँजी १० प्रतिशत बढेर २ अर्ब ७८ करोड ८३ लाख ६७ हजार पुगेको छ  । बैकको जगेडा कोष असार मसान्तसम्ममा ९८ करोड ८८ लाख २२ हजार रुपैयाँ रहेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३०.२० प्रतिशत बढेको हो । 

२८ अर्ब कर्जा प्रवाह

कम्पनीले असार मसान्तसम्ममा २८ अर्ब २० करोड १७ लाख ६६ हजार कर्जा प्रवाह गर्न सफल भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.२७ प्रतिशत बढी हो । बैँकको निक्षेप असार मसान्तसम्म २६ अर्ब ७८ करोड ५९ लाख ५८ हजार पुगेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३५.७६ प्रतिशत बढी हो ।

प्रति सेयर आम्दानी २१.२४ रुपैयाँ

असार मसान्तसम्ममा बैकको प्रति सेयर आम्दानी १४.८१ प्रतिशत बढेर २१.२४ रुपैयाँ कायम भएको छ र डाईलुटेड प्रति सेयर आम्दानी १४.८१ प्रतिशत बढेर २१.२४ रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात १०.५५ रहेको छ र नेट वोर्थ १३५.४६ रहेको छ । 

         

Garima Bikas Bank Limited

 
 

As of 4th quarter of the FY 2075/76

 

Amt 000                                                                    

 

Particulars

This Quarter

Corresponding

Difference%

 

Paid up Capital

2,788,367

2,534,879

10.00000394

 

Reserve and Surplus

988,822

759,442

30.20375486

 

Deposits

26,785,958

19,728,951

35.76980347

 

Loan and Advances

28,201,766

18,642,401

51.27754199

 

Net Interest Income

1,405,254

1,020,921

37.64571402

 

Operating Profit

856,661

649,750

31.8447095

 

Net Profit

592,265

468,834

26.32722883

 

Distributable Profit

453,112

 

 

 

Basic EPS

21.24

18.5

14.81081081

 

Dilluted EPS

21.24

18.5

14.81081081

 

PE ratio

10.55

 

 

 

Net worth

135.46

 

 

 

 

Shivam Cement
Companies in this article: