info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

मर्जरमा जाने बैंकलाई राष्ट्र बैंकले के के दिने भयो?

By: Nepse Direct Aug 05, 2019

नेपाल राष्ट्र बैंक ले फोर्सफुल मर्ज गराउने रणनिति लिने भने पनि अन्तिम घढिमा आएर ब्याक भएको थियो तथअनुरुप नै गत साता मर्जमा जाने वित्तिय संस्थाहरुलाई सहुलियत सहितको मौद्रिक निति ल्याएको थियो । 

नेपाल राष्ट्र बैंकले मर्जरमा जान चाहने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकतामा राखेर सोमबार साँझ परिमार्जित सर्कुलर जारी गर्यो जसले बित्तिय बजार तरंगीत बनाएको छ । अपेक्षित रुपमा करमा र अन्य आकर्षक प्याकेज नभए पनि केहि सहुलियत दिएर गभर्नरले आफ्नो फेस सेभ गरेको बताउछन नेपाल बैंकर एसोसियसनका एक पुर्व अध्यक्ष । उनी थप्छन्, बैंकरहरुले मर्जरमा जाने प्रष्ट बाटो मागिए पनि राष्ट्र बैंकले बैंकरहरुको माग अनुरुप प्याकेज नल्याएको र मात्र ०.५ प्रतिशत बढि स्प्रेड दर मा मात्र बैंकहरुलाई मर्जरको खर्च घटाएर कति फाईदा हुन्छ, त्यसै आधारमा बैंकहरु अघि बढ्लान् किन की अन्य प्याकेजहरुले हाल स्थापित बैंकहरुलाई वित्तियरुपमा त्यती ठुलो फाईदा देख्दैनन् ।  

मर्जरमा जाने बैंकलाई राष्ट्र बैंकहरुका लागि ब्यवस्था गरिएका सहुलियतहरु 

  • संचालक र प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृतलाई कुलिङ पिरियड नलाग्ने
  • ०७८ असार मसान्त सम्म ४।५ प्रतिशत स्प्रेड दर कायम गर्न पाउने
  • महानगरपालिका र उपमहानगरपालिकामा कार्यालय खोल्न राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने
  • काठमाडौं उपत्यका बाहिर ३ साखा खोले सोझै एउटा साखा काठमाडौंमा खोल्न पाउने
  • चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्ने मिति १ बर्ष थप गरि २०७८ असार मसान्त सम्म कायम

Shivam Cement