info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

रिलायन्स फाइनान्सको १२ प्रतिशत बोनस साधारणसभाबाट पारित

By: Nepse Direct Jun 11, 2019

रिलायन्स फाइनान्स RLFL   0.93 %  107.00 को जेष्ठ २७ गते एकसाथ सम्पन्न भएको आठौं र नवौं वार्षिक साधारण सभाले  १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  

फाइनान्सले आर्थिक वर्ष २०७३/०७४ को संचित मुनाफाबाट कुल चुक्ता पूँजीको १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै दुई आर्थिक वर्षको साधारण सभा एकैपटक गरेको फाइनान्सले अन्य संस्थासँग मर्जर तथा एक्विजिसनमा जाने प्रस्ताव पारित गरेको छ । कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने र गाभिने (मर्जर) वा विलय (एक्विजिसन) गर्न संचालक समितिलाई अख्तियारी समेत दिएको छ ।

अघिल्लो  बर्ष ४५ प्रतिशत हकप्रद बिक्री गरेको कम्पनीको हकप्रद र बोनस पश्चात चुक्ता पूँजी ८३ करोड २४ लाख पुगेको छ ।

यस्तै आव २०७४/०७५ को मुनाफाबाट तत्पश्चात कायम चुक्ता पूँजी ८३ करोड २४ लाख रुपैयाँको २.६३ प्रतिशत अर्थात २ करोड १९ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गराएको छ ।

यसैगरी साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको समुहबाट ३ प्रतिनिधित्व गर्ने गरी ६ जना संचालकको चयन गरेको छ ।

rlfl photo

Companies in this article: