info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सिद्धार्थ इन्स्युरेन्सको शेयर मूल्य समायोजन

By: Nepse Direct Jun 13, 2019

सिद्धार्थ इन्स्योरेन्स (SIL) को शेयर मूल्य बिहिबार समायोजन भएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १५.४८  प्रतिशत बोनस पश्चात मूल्य समायोजन भएको हो।

नेप्सेले बोनस पश्चात सिद्धार्थ  इन्स्योरेन्सको समायोजित शेयरमूल्य प्रतिकित्ता ४७१ रुपैयाँ ०७७ पैसा  निर्धारण गरेको छ। कम्पनीको नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यको आधारमा औसत आधारमूल्य ७४७  रुपैयाँ ५३८  पैसा कायम भएको हो ।

धितोपत्रको दोस्रो बजारमा जेठ २९  गते बुधबार  कम्पनीको शेयर प्रतिकित्ता ५४४ रुपैयाँमा कारोबार बन्द भएको थियो।

कम्पनी सञ्चालक समितिको बैठकले असार १३  गते आह्वान गरेको  वार्षिक साधारण सभा तथा वितरण प्रयोजनका लागि कम्पनीले जेठ ३०  देखि  शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय अनुसार मंगलबार बुकक्लोज भएको हो।

यसअनुसार जेठ २९  गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र गत आवको लाभांश र कम्पनीको साधारण सभामा सहभागि हुन पाउनेछन्।

बोनस वितरणपछि कम्पनीको चुक्ता पूँँजी बीमा समितिले तोके बमोजिम १ अर्ब रुपैयाँ पुग्नेछ।

Maruti Cement
Companies in this article:
SIL