info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सिद्धार्थ इन्स्योरेन्सको साढे १५ प्रतिशत लाभांश पारित : तीन संचालक निर्विरोध निर्बाचित

By: Nepse Direct Jun 30, 2019

सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको १५.४८ प्रतिशत बोनस लाभांश पारित गरेको छ ।

रसियन कल्चर सेन्टर, कमलपोखरी काठमाडौंमा गत असार १३ गते सम्पन्न कम्पनीको १७ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।

साधारण सभाले हाल कायम चुक्ता पूँजी ८६ करोड ५९ लाख रुपैयाँको १५.४८ प्रतिशत अर्थात १३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनस शेयरमा लाग्ने लाभांश कर भने शेयरधनीले स्वयमले बेहोर्नु पर्ने कम्पनीले जनाएको छ  । बोनस वितरणपछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब पुग्नेछ ।

यस्तै साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकहरुको निर्विरोध निर्वचित भएका छन् । साधारण सभाले रतनलाल केडिया, पवन कुमार अग्रवाल र राहुल अग्रवाललाई सञ्चालकमा निर्विरोध निर्बाचित  भएका हुन् ।

siddartha photo letter

Shivam Cement
Companies in this article:
SIL SILPO