info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

४ बैंकहरुको लाभांश घोषणा बाँकी, १० को पारित

By: Nepse Direct Jan 14, 2019

चालु आवको दोस्रा त्रैमास सकिसक्दा पनि नेप्सेमा सूचीकृत २७ वाणिज्य बैंकहरुमध्ये ४ वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छैनन् ।

नेपाल बैंक NBL  2.78 %  280.00 , सेन्चुरी कमर्सियल बैंक  CCBL  1.63 %  181.00

, सिभिल बैंक  CBL  2.65 %  147.00  र नेपाल क्रेडिट एन्ड कमर्स बैंक   NCCB  1.99 %  197.00  ले चालु आवको पुस मसान्तसम्म पनि लाभांश घोषणा गरेका छैनन् । 

पुस ३० गतेसम्ममा सूचीकृत ११ कम्पनीहरुले वार्षिक साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् । सोमध्ये सिद्धार्थ बैंक लिमिटेडले ८.१६ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा समेत जम्मा गरिसकेको छ । 

सिटिजन्स बैंक इन्टरनेशनल  CZBIL  1.02 %  195.00 , हिमालयन बैंक HBL  1.9 %  567.00 , मेगा बैंक नेपाल MEGA  1.97 %  199.00 र नेपाल एसबिआई बैंक SBI  2.38 %  410.00 को साधारण सभाभने यस दिन (पुस ३० गते) हुँदैछ । यी ४ बैंकहरुले पनि यस दिन लाभांश पारित गर्नेछन् । दुई बैंकहरुले साधारण सभाको मिति तय गरी सूचना जारी गरिसकेका छन् भने ६ बैंकहरुले साधारण सभाको घोषणा गरेका छैनन् । 

लाभांश घोषणा गरेका बैंकहरुमध्ये १६ बैंकहरुले बोनस सेयर वितरण गर्ने भएका छन् ।

६ कम्पनीहरुले भने नगद लाभांश मात्र वितरण गर्नेछन् । सबैभन्दा बढी बोनस सेयर पारित गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड NIB  0.75 %  398.00 रहेको छ । सो बैंकले १८ प्रतिशत बोनस सेयर पारित गरेको छ । साथै बैंकले २२ प्रतिशत नगद लाभांशको प्रस्ताव पनि पारित गरेको छ । सबैभन्दा कम दरमा बोनस सेयर घोषणा गर्ने बैंक मेगा बैंक नेपाल रहेको छ । सो बैंकले १ प्रतिशत बोनस सेयर वितरण गर्नेछ ।

comm div

Companies in this article:
SBI NIB CZBIL NCCB NBL CCBL CBL MEGA