info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

‘१०.५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट डिवेञ्चर २०८२’ बाँडफाँट

By: Nepse Direct Jun 20, 2019

नेपाल इन्भेष्टमेन्ट बैंक NIB  1.12 %  440.00 ले जेठ २४ गतेदेखि ३० गतेसम्म निष्कासन तथा विक्री खुला गरेको ‘१०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर २०८२ असार ४ गते बाँडफाँट गरेको छ । बैंकले सर्वसाधारणका लागि ८ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । सोमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । साथै, बैंकले १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको थियो । बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

Shivam Cement
Companies in this article: