info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

लाभांश प्रस्ताव सहित मितेरिको साधारण सभा आह्वान

By: Nepse Direct Feb 28, 2020

मितेरी डेभलपमेन्ट बैंक लिमिटेड MDB  0.29 %  338.00 ले चैत ८ गते साधारण सभा डाकेको छ। बैंकको चौधौँ वार्षिक साधारण सभा गोर्खा किचन, धरानमा बिहान ९ बजेदेखि शुरु हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १८.५२५२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन २७ गतेदेखि चैत ८ गतेसम्म बैंकले बुक क्लोज गर्ने भएको छ। फागुन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा बैंकको लाभांश प्राप्त गर्न सक्नेछन्। हाल ५८ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको लाभांश वितरणपश्चात पूँजी ६९ करोड ३३ लाख रुपैयाँ पुग्नेछ। 

Mega Maya Bachat Khata
Companies in this article:
MDB