info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

जनउत्थानको १८,५०३ कित्ता लिलाम बिक्रीमा

By: Nepse Direct Aug 20, 2019

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड JSLBB  2.06 %  950.00 ले १८ हजार ५०३ कित्ता सर्वसाधारण सेयर शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले असार १२ गतेदेखि साउन १५ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । सो सेयर खरिद गर्न चाहने लगानीकर्ताले भदौ १० गतेदेखि १७ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी रकम अंकित गरि आवेदन दिनुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिने सक्नेछन् । लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेडमा आवेदन बुझाउनु पर्नेछ । 

Shivam Cement
Companies in this article: