info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

कुमारीले डाक्यो असोज ११ गते साधारण सभा, १० प्रतिशत बोनस पारित गर्दै

By: Nepse Direct Sep 08, 2019

कुमारी बैंक लिमिटेड KBL  3.78 %  178.00 ले असोज ११ गते उन्नाइसौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा नक्साल ब्यांक्वेट, नक्सालमा बिहान ११ः३० बजे सुरु हुनेछ । सभाले १० प्रतिशत बोनस सेयर वितरण गर्ने र सोको कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सो सभाले लेखापरीक्षक नियुक्त गर्ने र गत आवको वार्षिक आर्थिक विवरण पारित गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि बैंकले भदौ २९ गतेदेखि असोज ११ गतेसम्म बुक क्लोज गर्नेछ । 

kbl

Shivam Cement
Companies in this article:
KBL KBLPO