info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

दुई कम्पनीको बोनस सेयर डीम्याट खातामा

By: Nepse Direct Mar 04, 2020

नाविल बैंक लिमिटेड  NABIL  3.97 %  701.00 ले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ८ गते बुकक्लोज गरेको थियो। पुस ७ गतेसम्म सेयरहरु अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित हितग्राही खातामा  जम्मा भएको हो ।

त्यसैगरी, सिद्धार्थ बैंक SBL  1.03 %  289.00   ले गत आर्थिक वर्षको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिसकेको जानकारी गराएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव साधारणसभा बाट पारित गराएको थियो।

बैंकले गत असोज २८ गतेसम्म शेयर डिम्याट गराएकाहरुको बोनस खातामा पठाइदिएको हो। असोज २८ पछि डिम्याट गर्नेहरुको बोनस जम्मा गर्ने तयारी भईरहेको बैंकले जनाएको छ ।  साथै बैंकले अहिलेसम्म पनि डिम्याट नगरेका शेयरधनीलाई बोनस पाउन लागि आफूसँग भएको भौतिक शेयर डिम्याट गर्न आग्रह समेत गरेको छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २९ गते एक दिन बुकक्लोज गरेको थियो। असोज २८ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन्। बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

Mega Maya Bachat Khata
Companies in this article:
SBL SBLPO NABIL NABILP