info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

लाभांश प्रस्ताव पारित सहित आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा आह्वान

By: Nepse Direct Feb 17, 2020

आइएमई जनरल इन्स्योरेन्स IGI  7.91 %  1160.00 ले लाभांश पारित गर्न फागुन २४ गते २२ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभालैनचौर बैंङक्वेट्स, लैनचौर, काठमाडौंमा बिहान १० बजे हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

साथै, हाल कायम संस्थापक तर्फ ८० र सर्वसाधारण तर्फको २० प्रतिशत शेयर स्वामित्व परिवर्तन गरी संस्थापक तर्फ ६० र सर्वसाधारण तर्फ ४० प्रतिशत कायम गर्ने गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारणतर्फ २ जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १२ गतेदेखि २४ गतेसम्म बुक क्लोज गरेको छ । यस आधारमा फागुन ११ गतेसम्म शेयर कायम भएका शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Mega Maya Bachat Khata
Companies in this article:
IGI IGIPO