श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, निर्धन उत्थान लघुवित्त र चौतारी लघुवित्तले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएको छ।
चौतारी लघुवित्त CHLBS ले मंसिर २१ गतेसम्म सेयरहरु अभौतिकीकरण गराएका सेयरधनीहरुको नगद लाभांश सम्बन्धित बैंक खातामा जम्मा गरेको हो । लघुवित्तको गत पुस ९ गते सम्पन्न साधारण सभाले १०.८९ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
त्यस्तै, निर्धन उत्थान NUBL 5.57 % 1726.00 ले गत मंसिर २९ गतेसम्मसेयरहरु अभौतिकीकरण गराएका सेयरधनीहरुको नगद लाभांश सम्बन्धित बैंक खातामा जम्मा गरेको हो । पुस १३ गते सम्पन्न लघुवित्तको २१ औँ वार्षिक साधारण सभाले २५ प्रतिशत बोनस र १५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
निर्धन उत्थान र चौतारी लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
गत पुस ११ गते २५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स SIFC 0.00 % 220.00 ले शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ। गत पुस ११ गते सम्पन्न २५ औँ साधारण सभाले २.३५ प्रतिशत बोनस र १०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। फाइनान्सले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा १०.६५ प्रतिशत नगद लाभांश पुस १४ गतेदेखि नै जम्मा गर्न थालेको थियो। फाइनान्सको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।