info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

प्राकृतिक व्यक्तिको हकमा पूँजीगत लाभकरलाई अन्तिम करको मान्यता

By: Nepse Direct Jun 22, 2020

आन्तरिक राजश्व विभागले धितोपत्र बजारमा लगानीकर्ताहरुले लामो समयदेखि तिर्दै आएका पूँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गर्न सबै आन्तरिक राजश्व कार्यालयहरु र धितोपत्र बोर्डलाई पत्राचार गरेको छ।

आन्तरिक राजश्व कार्यालयले सेयर कारोबारमा लाग्दै आएको करसम्बन्धमा थप स्पष्ट पार्दै अब विद्युुतीय प्रणालीमार्फत् करदाखिला भएको अवस्थामा सम्बन्धित व्यक्तिले आफूूलाई पायक पर्ने आन्तरिक राजश्व कार्यालय वा करदाता कार्यालयबाट कर चुुक्ता प्रमाणपत्र लिन सक्ने व्यवस्था लागूू गरेको हो । 

अब यससँगै प्राकृतिक व्यक्तिले अन्य क्षेत्रमा कर नछलेको भए यसलाई अन्तिम करका रुपमा स्वीकार गरी तुरुन्तै कर चुक्ता प्रमाणपत्र दिइनेछ ।

यसअघि धितोपत्र कारोबार गर्ने लगानीकर्ताहरुले ब्रोकर कम्पनी, सिडिएससी, नेप्से, ठूूला कर कार्यालय र कर कार्यालयको लामो चक्कर काट्नुुपर्ने अवस्थालाई राजश्व विभागले सहज बनाइदिएको हो । 

नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयमा पत्राचार गर्दै पूँजीगत लाभकरलाई अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाई हालसम्मको द्विविधालाई स्पष्ट गरिदिन केही दिनअघि मात्रै अर्थ मन्त्रालय समक्ष अनुरोध गरेको थियो।

सोही अनुरुप अर्थ मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार विभागले मातहतका कार्यालयहरु र धितोपत्र बोर्डमा अन्तिम करको रुपमा गणना हुने व्यवस्था मिलाउन भन्दै पत्राचार गरिएको हो।

Revenue-depart_notice

Mega Maya Bachat Khata
Companies in this article: