info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

८ करोड इकाईको ‘लक्ष्मी उन्नति कोष’ का इकाइहरु चैत ९ गतेदेखि बिक्रीमा

By: Nepse Direct Mar 13, 2020

लक्ष्मी क्यापिटल लिमिटेड LCL ले  ८० करोड रुपैयाँ अर्थात् ८ करोड इकाई ‘लक्ष्मी उन्नति कोष’ नामक म्युचुअल फन्डको बिक्री खुलाउने भएको हो। कम्पनीले प्रति इकाई १० रुपैयाँ दरमा इकाई बिक्री गर्नेछ ।

 निष्काशनमा आउने कुल ८ करोड इकाईमध्ये १ करोड २० लाख इकाई वा कूल बिक्रीको १५ प्रतिशत कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित राखि बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणमा बिक्री गरिने उल्लेख छ।

लगानीकर्ताले न्यूनतम १०० र अधिकृतम ८० लाख इकाइसम्म खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्। यो म्युचुअल फन्डको निष्कासन बन्द छिटोमा चैत्र १३ गते र ढिलामा चैत २३ गतेसम्म तोकिएको छ। 

हाल लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले २ वटा म्युचुअल फण्ड संचालन गरिरहेको छ। ५ वर्षे अवधिको बन्दमुखी लक्ष्मी भ्यालू फण्ड १ रु. ५० करोडको हो भने लक्ष्मी इक्वीटी फण्ड चाहि १ अर्ब २५ करोड रुपैयाँको ७ वर्षे बन्दमुखी स्किम हो। 

Mega Maya Bachat Khata
Companies in this article:
LCL