info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेको इन्स्योरेन्सद्वारा प्रस्तावित ८.१६ प्रतिशत नगद लाभांश पारित

By: Nepse Direct Jun 07, 2020

 नेको इन्स्योरेन्स NIL  1.31 %  604.00 को २४ औं वार्षिक साधारण सभाले प्रस्तावित नगद लाभांश पारित गरेको छ । 

कम्पनीले यस अघि वैशाख १ गते स्थगित सभा लकडाउनका बीच विशेष सावधानी अपनाएर शुक्रवार सम्पन्न गरेको हो । सभाले गत आर्थिक वर्ष २०७५/ ७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित ८.१६ प्रतिशत नगद लाभांश पारित गरेको छ । 

यस अघि ८.४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको कम्पनीले बीमा समितिको निर्देशनमा शंसोधन गरी ८.१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

साधारण सभा र लाभांश प्रयोजनका लागि उक्त कम्पनीले चैत २४ गतेदेखि बुक क्लोज गरेको थियो । यस आधारमा त्यस दिनभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुले मात्र यो लाभांश पाउने छन् । 

NIL_dividend

Mega Maya Bachat Khata
Companies in this article:
NIL NILPO