info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

वोमी लघुवित्तको लाभांश संसोधन

By: Nepse Direct Mar 01, 2020

वोमी लघुवित्त बित्तिय संस्था लिमिटेड WOMI ले चैत १६ गते साधारण सभा डाकेको छ। कम्पनीको आठौ वार्षिक साधारण सभा जुगल होटलको सभाहल  धुलिखेल काभ्रेपलान्चोकमा बिहान ११ बजेदेखि शुरु हुनेछ। कम्पनीले सेयरधनीहरुलाई २५ करोड २५ लाख ७६ हजार चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यस वित्तीय संस्थाले यसअघि हाल कायम चुक्तापूँजीमा(हकप्रद सेयरबाट थप भएको सेयर पूँजी तथा साविक नागरिक लघुवित्त वित्तीय संस्था मर्जर भएपछि थप हुन आएको सेयर पूँजी समेत) आधारित भई बाँडफाँड गर्ने भनिएको लाभांश रकम नेपाल राष्टबैंकको सो निर्देशन बमोजिम छुट्याउँदा अपुग हुन जाने हुँदा आर्थिक वर्ष २०७५ ७६ को खूद मुनाफाबाट २०७६ असार मसान्तसम्म कायम  चुक्तापूँजी १० करोड १० लाख ८८ हजारको २५ प्रतिशतका दरले बोनससेयर तथा १.३१६ प्रतिशतका दरले नगद लाभांश(बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक) वितरणको निर्णय गरिएको बताइएको छ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन ३० गतेदेखि चैत १६ गतेसम्म कम्पनीले बुक क्लोज गर्ने भएको छ। फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा बैंकको लाभांश प्राप्त गर्न सक्नेछन्। 

Mega Maya Bachat Khata
Companies in this article:
WOMI WOMIPO