info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

साउन ११ गतेसम्म पुरानो लाभांश दाबी गर्न कृषि विकास बैंकको आग्रह

By: Nepse Direct Jun 21, 2020

कृषि विकास बैंक लिमिटेड  [quote symbol="ADBL"]ADBL[/quote]ले चालु आर्थिक वर्षसम्ममा पाँच वर्षभन्दा पुरानो लाभांश लिन नआएका सेयरधनीहरुलाई दाबी गर्ने अन्तिम मौका दिएको छ।

अझै पनि केहि लगानीकर्ता वा निजहरुको हकवाला यी लाभंश लिन बाँकि रहेकोले आगामी साउन ११ गतेसम्म लाभांश पुर्जा लिई लाभांश लिन बैंकले आग्रह गरेको हो ।

बैंकले लाभांश पुर्जा लिनको लागि बैंकको शेयर रजिस्ट्रार एनआइबिएल एस क्यापिटलमा सम्पर्क गर्न आग्रह गरेको छ । क्यापिटलमा सम्पर्क गर्न असमर्थ लगानीकर्ताहरुले बैंकको कुनै पनि शाखा मार्फत आवेदन दिई लाभांश पुर्जा लिन सकिने बैंकले जनाएको छ ।

साउन ११ सम्मपनि लाभांश लिन नआएमा उक्त रकम कम्पनी रजिस्ट्रार कार्यालयको लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले प्रष्ट पारेको छ ।  

NIBL_ACE_CAPITAL_ADBL

Mega Maya Bachat Khata
Companies in this article: