info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एडीबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

By: Nepse Direct Jun 29, 2020

एशियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

यहाँस्थित एडीबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश्वसनीयता सुधार, उत्पादन र भारप्रेषण केन्द्रको सुदृढीकरणका लागि उक्त रकम सहुलियत ऋणस्वरुप नेपाललाई प्रदान गर्न स्वीकृत भएको हो ।     

     

उक्त रकम काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका, पोखरा उपमहानगरपालिकाका साथै प्रदेश नं २ मा विद्युत् आपूर्ति र वितरणलाई प्रभावकारी तुल्याउन खर्च गरिने छ ।   रासस

Mega Maya Bachat Khata