info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सिद्धार्थ इन्स्योरेन्सको साधारणसभा भोलि हुँदै

By: Nepse Direct Jun 26, 2020

सिद्धार्थ इन्स्योरेन्स SIL  0.52 %  582.00 ले साधारणसभा भोलि, असार १३ गते  (शनिबार ) आह्वान गरेको छ ।

साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय बबरमहलमा बिहान ११ बजे  सुरु हुनेछ । कम्पनीको सभाले वित्तीय विवरणहरु पारित गर्नुको साथै लेखापरिक्षक नियुक्त गरी सर्वसाधारण तर्फबाट १ जनाको संचालक निर्वाचन गर्ने छ ।

कम्पनीले यो वर्ष  शेयरधनीहरुको लागि लाभांशको प्रस्ताव भने गरेको छैन । उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेको थियो ।  

यसर्थ,चैत्र १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । सभामा उपस्थिति जनाउँदा कोरोना सक्रमणबाट छन् आवश्यक सुरक्षा अपनाईने र कम्तिमा १ मिटरको दुरीमा आसन ग्रहण गराईने कम्पनीले जनाएको छ । 

SIC_AGM NOTICE

Mega Maya Bachat Khata
Companies in this article:
SIL SILPO