info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

आँधीखोलाको नाफा डेढ करोडभन्दा बढी

By: Nepse Direct Sep 10, 2019

नेप्सेमा सूचीकृत भएदेखि निरन्तर उकालो लागेको आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले गत असार मसान्तसम्ममा १ करोड ५८ लाख ८२ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीको  नाफा १६ लाख ३१ हजार ऋणात्मक रहेको थियो । कम्पनीको संचालन मुनाफा धनात्मक भएसंगै खुद नाफा पनि धनात्मक भएको हो । अघिल्लो आवमा १९ लाख ७८ हजार ऋणात्मक रहेको कम्पनीको संचालन मुनाफा गत आवमा बढेर २ करोड १४ लाख धनात्मक भएको छ । सो अवधिसम्ममा कम्पनीले ४ करोड ८ लाख खुद ब्याज आम्दानी गर्न सफल भएको छ । कम्पनीको चुक्तापुँजी १० करोड रहेको छ भने जगेडा कोष २ करोड ६ लाख रहेको छ । 

Shivam Cement
Companies in this article: