info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

अपि पावरको साधारण सभा स्थगित

By: Nepse Direct Mar 20, 2020

चैत ७ गते शुक्रवारका लागि तय गरिएको अपि पावर कम्पनी API  7.41 %  116.00   को १६ औं वार्षिक साधारण सभा स्थगित भएको छ ।

 कोरोना भाइरस संक्रमण रोकथामका लागि सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुन सरकारले रोक लगाएका कारण हाललाई सभा स्थगित गरिएको उक्त कम्पनीले बताएको छ । 

कम्पनीले वार्षिक साधारण सभाका लागि तय भएका अन्य छलफलका विषय र बुक क्लोजको मिति भने यथावतनै रहने कम्पनीले जानकारी दिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि बुक क्लोज गरेको छ । यस वर्ष कम्पनीले ५ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ ।

उक्त कम्पनीले ४७ प्रतिशत हकप्रद विक्री गर्न बोर्डको अनुमति पाईसकेको छ । उक्त हकप्रदको लागि पनि कम्पनीले चैत १ गते बुक क्लोज गरेको छ । 

साथै आगामी साधारण सभामा हकप्रद पश्चात कायम चुक्तापूँजीको आधारमा ९१ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पेश गर्दैछ । यस अघि २०० प्रतिशत हकप्रद विक्री गर्न बोर्डमा निवेदन दर्ता गराएको कम्पनीले पहिलो चरणमा ४७ प्रतिशत हकप्रद विक्री गर्न बोर्डले स्वीकृति दिएको हो ।

AGM_API

Mega Maya Bachat Khata
Companies in this article:
API