info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

दिल्लीका सबै मजदुरलाई पाँच/पाँच हजार रुपैयाँ दिने : मुख्यमन्त्री अरविन्द केजरीवाल

By: Nepse Direct Mar 26, 2020

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका सबै मजदुरलाई पाँच/पाँच हजार रुपैयाँ दिने बताएका छन्।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण मजदुरी गुमेका सबै निर्माण कार्यका मजदुरलाई राहत स्वरूप सो रकम दिने खबर भारतीय सञ्चार माध्यमले प्रकाशित गरेका छन्।

दिल्ली बिल्डिङ एन्ड अदर कन्स्ट्रक्सन वर्कर्स बोर्ड (बीओसीडब्लू) मा दर्ता भएका सबै मजदुरले सो राहत पाउने बताइएको छ। बोर्डमा करिब ४ लाख मजदुर दर्ता भएको बीओसीडब्लूका अधिकारीले बताएका छन्। 

मुख्यमन्त्री केजरीवालले सोमबारदेखि दिल्लीमा लकडाउन गरिएकाले मजदुरको रोजी–रोटी गुमेको बताए। ‘हामी तपाईंको पीडा पूरै सिध्याउन त सक्दैनौँ’, उनले भने, ‘तर कुन तरिकाबाट तपाईंको पीडा कम गर्न सकिन्छ भनेर कोशिस गरिरहेका छौँ।’ अहिले सबैको जिन्दगी बचाउन जरुरी भएकोले कठोर कदम चालिरहेको उनले बताए।

अन्य ज्याला मजदुरी गर्नेलाई भने सरकारले कुनै राहतको प्याकेज घोषणा नगरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

Mega Maya Bachat Khata