info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

बिओकेएलको खुद नाफा ४६.७० प्रतिशत बढ्यो

By: Nepse Direct Aug 08, 2019

बैँक अफ काठमाडौँ लिमिटेड BOKL  0.78 %  256.00 ले गत आवको चौथो त्रैमासमा १ अर्ब ९३ करोड ८२ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.७० प्रतिशत बढेको हो । कम्पनीको वितरण योग्य मुनाफा भने १ अर्ब ३० करोड १ लाख ९८ हजार रहेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १६.०४ प्रतिशत घटेको हो ।

२ अर्ब भन्दा बढी संचालन मुनाफा

बैँकको संचालन मुनाफा समिक्षा अवधिमा ४७.८१ प्रतिशत बढेर २ अर्ब ७६ करोड ९८ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, बैँकको खुद ब्याज आम्दानी २३.३८ प्रतिशत बढेर ३ अर्ब ७७ करोड ४४ लाख १३ हजार पुगेको छ  । 

चुक्ता पूँजीमा १४ प्रतिशत वृद्धि

असार मसान्तसम्ममा बैकको चुक्ता पूँजी १४ प्रतिशत बढेर ८ अर्ब ६ करोड ३१ लाख पुगेको छ  । बैकको जगेडा कोष असार मसान्तसम्ममा ५ अर्ब ९४ करोड ३९ लाख १६ हजार रुपैयाँ रहेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १०.१० प्रतिशत बढेको हो । 

७१ अर्ब कर्जा प्रवाह

कम्पनीले असार मसान्तसम्ममा ७१ अर्ब ७३ करोड ७६ लाख ६४ हजार कर्जा प्रवाह गर्न सफल भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ९.०४ प्रतिशत बढी हो । बैँकको निक्षेप असार मसान्तसम्म ८२ अर्ब ९३ करोड ६१ लाख ३० हजार पुगेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७.८३ प्रतिशत बढी हो । 

प्रति सेयर आम्दानी २४.०४ रुपैयाँ

असार मसान्तसम्ममा बैकको प्रति सेयर आम्दानी २३.५३ प्रतिशत बढेर २४.०४ रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात १०.६५ रहेको छ ।

bokl

Maruti Cement
Companies in this article: