info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एटीएम नभएका ठाउँमा १ बजेसम्म बैंक खुला रहने

By: Nepse Direct Mar 25, 2020

 एटिएम मेसिन उपलब्ध नरहेका ठाउँहरुमा बिहान ११ बजे दिउसो १ बजेसम्म बैंकका शाखा कार्यालहरु खुला रहने भएका छन् ।

लक डाउनका बेला सर्वसाधारणलाई नगदको समस्या पर्न सक्ने भन्दै बैंकहरुले निश्चित समय तोकेर निश्चित क्षेत्रका शाखाहरुबाट सेवा दिने भएका हुन् ।

खुलेका शाखाहरुबाट नगद बाहेकका अन्य सेवा भने नदिने नेपाल बैंकर्स संघले बताएकाे छ । दैनिक उपभोगीय सामाग्री खरिद गर्नका लागि नगद अभाव हुन नदिन बैंक खोल्न निर्णय गरेकाे संघले सकेसम्म विद्युतिय माध्यमबाटै बैंकिङ कारोबार गर्न आग्रह समेत गरेकाे छ ।

कुन–कुन ठाउँका बैंक शाखा खुला रहन्छन् भनेर सूची भने संघले तयार पारिसकेको छैन ।

बैंक तथा वित्तीय संस्थाहरुले जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था गरिसकेका छन् । कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन बैकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था निर्णय गरेको हो ।

यस्तै संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क नलाग्ने निर्णय पनि गरेको छ । शुक्रबार बिहान बसेको संघको बैठकले बैंकहरुमा ग्राहकको भिड कम गर्न डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने निर्णय समेत गरेको छ ।

Mega Maya Bachat Khata