info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

चार कम्पनीको बोनस शेयर नेप्सेमा सुचिकृत

By: Nepse Direct Jun 11, 2020

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा बुधवार एनएमबि बैंक, नेपाल एसबिआई बैंक, बुटवल पावर र जानकी फाइनान्स फाइनान्सको बोनस शेयरसमेत सूचीकृत भएको छ ।

एनएमबिको २१ प्रतिशत, नेपाल एसबिआई बैंकको ६ प्रतिशत, बुटवल पावरको १० प्रतिशत र जानकी फाइनान्सको २२ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।  अब लगानीकर्ताले ती कम्पनीको सूचीकृत शेयरको कारोबार गर्न सक्नेछन् ।

गत चैत १० गतेदेखि बजार बन्द भई वैशाखमा दुई दिन खुला भए पनि शेयर सूचीकृत भएको थिएन । बजार बन्द भए पनि शेयर सूचीकरण प्रक्रिया नेप्सेले नरोकेकाले ती कम्पनीहरुको शेयर सूचीकरण भएको हो ।

बजार सुचारु भएमा ती कम्पनीका शेयरधनीहरुले कारोबार गर्न सक्नेछन् ।

listing share_NMB

Listing share_SBI

Listing share_Janaki finance

Listing share_butwal power

Mega Maya Bachat Khata
Companies in this article:
NMB NMBPO SBI SBIPO JFL JFLPO BPCL