info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

२०० प्रतिशत हकप्रद निष्कासनका लागि असोज १ गते बुक क्लोज गर्दै समता

By: Nepse Direct Sep 11, 2019

समता लघुवित्त वित्तीय संस्था लिमिटेड SMATA  10.00 %  594.00 ले २०० प्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनको लागि असोज १ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले १ः२ अनुपातमा प्रति सेयर रु. १०० अंकित दरका १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सो अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव २०७५ मंसिर २७ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले पारित गरेको थियो । हाल कम्पनीको चुक्तापुँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासन र बाँडफाँट पश्चात कम्पनीको चुक्तापुँजी १८ करोड २० लाख १६ हजार पुग्नेछ । भदौ २४ गते बसेको कम्पनीको संचालक समितिको बैठकले असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । 

smata

Shivam Cement
Companies in this article: