info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सेञ्चुरी बैंकद्वारा ६.७५ प्रतिशत लाभांश वितरणको घोषणा

By: Nepse Direct Feb 07, 2020

सेञ्चुरी कमर्सियल बैंक लिमीटेड  CCBL  1.85 %  159.00 ले आफ्ना सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

माघ २३ गते बसेको संचालक समितिको ३०३ औं बैठठकले २०७६ असार मसान्तसम्म कायम चुक्तापूँजी ८ अर्ब ४१ करोडको २ प्रतिशत अर्थात् १६ करोड ८३ लाख रुपैयाँ  बराबरको बोनस सेयर र कर प्रयोजनसहित ४.७५ प्रतिशत अर्थात् ३९ करोड ९७ लाख ३४ हजार रुपैयाँ  बराबरको नगद लाभांश वितरणको घोषणा गरेको हो । 

हाल ८ अर्ब ४१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको २ प्रतिशत बोनस शेयर वितरणपश्चात पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ । सो लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भई बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

dividend ccbl

century bank

Mega Maya Bachat Khata
Companies in this article:
CCBL CCBLPO