info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सेन्ट्रल फाइनान्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

By: Nepse Direct Mar 04, 2020

सेन्ट्रल फाइनान्स लिमिटेड  CFCL  0.00 %  122.00 ले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा बुधवार (आज) देखि जम्मा गर्ने भएको छ । कम्पनीले हितग्राही खातामा उपलव्ध भएको बैंक खातामा उक्त लाभांश जम्मा गर्ने भएको हो ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोजको मितिसम्म कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सोही खातामा नै जम्मा गर्ने भएको हो । 

हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता सहितको विवरण अद्यावधिक गराएपछि मात्र नगद लाभांश जम्मा गरिदिने कम्पनीले उल्लेख गरेको छ ।

Mega Maya Bachat Khata
Companies in this article:
CFCL CFCLPO