info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सेञ्चुरी कमर्सियल बैंकले ३ प्रतिशत अन्तरिम लाभांस वितरण गर्ने

By: Nepse Direct Jun 11, 2020

सेञ्चुरी बैंक  CCBL  1.85 %  165.00 ले प्रस्तावित ४.७५ प्रतिशत नगद लाभांश मध्यबाट ३ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने भएको छ । 

कम्पनीले बिहीवार सूचना जारी गरि लकडाउनका कारण वार्षिक साधारण सभा गर्न नसकेको अवस्थामा शेयरधनीहरुलाई राहत प्रदान गर्ने उदेश्यले अन्तरिम लाभांश वितरण गर्न लागेको बताएको छ । 

यो लाभांश फागुन ३० गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् । 

उक्त कम्पनीले गत चैत १४ गतेका लागि नवौं वार्षिक साधारण सभा बोलाएको थियो । लकडाउनका कारण अर्को सूचना नभएसम्मका लागि सभा भने स्थगित भएको छ । उक्त सभा प्रयोजनका लागि उक्त कम्पनीले फागुन ३० गते बुक क्लोज गरेको छ । 

कम्पनीले गत आर्थिक वर्ष २०७५/ ७६ को मुनाफाबाट नगद लाभांशसहित २ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । 

अन्तरिम लाभांश पछिको बाँकी नगद लाभांश र बोनस शेयर भने आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने समेत  उक्त कम्पनीले सूचनामार्फत जानकारी दिएको छ । 

Mega Maya Bachat Khata
Companies in this article:
CCBL CCBLPO