info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सेञ्चुरी बैंकले शुरु गर्‍यो अन्तरिम लाभांश वितरण

By: Nepse Direct Jun 16, 2020

सेञ्चुरी बैंक CCBL  1.85 %  165.00 ले अन्तरिम लाभांश वितरण गर्न शुरु गरेको छ । 

बैंकले शेयरधनीहरुलाई लकडाउनको समयमा राहत पुर्‍याउने उदेश्यले प्रस्तावित नगद लाभांशमध्यबाट ३ प्रतिशत अन्तरिम लाभांश वितरण गरेको हो ।

आर्थिक वर्ष २०७५/ ७६ को मुनाफाबाट प्रस्ताव गरेको ४.७५ प्रतिशत नगद लाभांश मध्यबाट ३ प्रतिशत अन्तरिम लाभांश गत फागुन ३० गतेसम्म कायम शेयरधनीहरुलाई कर कट्टी गरी वितरण गर्न शुरु गरिएको  उक्त कम्पनीले सूचनामार्फत जानकारी  दिएको छ ।

कम्पनीले गत बिहीवार अन्तरिम लाभांश दिने घोषणा गरेको थियो । उक्त लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ । आफ्नो लाभांश सुरक्षित गर्न भौतिक शेयरहरुलाई अभौतिकीकरण गर्न र हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउनसमेत  उक्त कम्पनीले भनेको छ ।

Mega Maya Bachat Khata
Companies in this article:
CCBL CCBLPO