info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नागरिक स्टक डिलरले स्टक डिलरको लागि निवेदन दियाे

By: Nepse Direct Jun 26, 2020

नागरिक स्टक डिलरले स्टक डिलर लाइसेन्सका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

धितोपत्र बोर्डले स्टक डिलरको कार्य तत्काल अघि बढाउन नागरिक लगानी कोषलाई आग्रह गरेसँगै प्रक्रिया अघि बढाएर बोर्डमा आवेदन दिएको हो ।

बिहीबार आवेदन दिएसँगै डिलरको तर्फबाट गर्नु पर्ने काम सकिएको छ। अब बोर्ड र नेप्सेले गर्नु पर्ने काम सुरु भएको छ। निवेदन लिएको निकायले केही थप कागज पत्र खोजे त्यही अनुसार बुझाउने तयारी डिलरको छ। बिहीबार उसले नियमले तोकेका सबै कागजपत्र सहित निवेदन दिएको बोर्डले जनाएको छ।

उता धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले नागरिक स्टक डिलर कम्पनीले अनुमति माग गरेको सम्बन्धमा बोर्डले छिट्टै निर्णय गर्ने बताए ।

सञ्चालन अनुमति पाउने निश्चित भए पछि कम्पनीले शुक्रबारदेखि नै केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) र नेपाल स्टक एक्सचेञ्जमा प्राविधिक विषयमा प्रशिक्षण लिन समेत सुरु गर्ने भएको छ । कम्पनीका प्रबन्ध सञ्चालक कट्टेलका अनुसार शुक्रबार देखि नै कम्पनीका सम्बद्ध व्यक्तिहरुले डिलरको कामका लागि प्राविधिक विषयमा नेप्से र सिडिएससीमा आवश्यक प्रशिक्षण लिन थाल्ने छन् ।

नागरिक स्टक डिलर यति बेला सञ्चालक समितिमा मात्र सिमित भएकाले कर्मचारी भर्ना प्रकृया पनि छिट्टै सुरु गर्ने र नियुक्ति प्रकृया छिट्टै पुरा गर्ने तयारी कम्पनीको छ । सो पश्चात कर्मचारीहरुलाई पनि प्राविधिक विषयमा तालिम सुरु गर्ने योजना कम्पनीले बनाएको छ ।

Mega Maya Bachat Khata
Companies in this article:
CIT