info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एनआईसी एशिया र सानिमा बैंकको तुलनात्मक अध्ययन, कस्ता लगानीकर्ताले कुन खरिद गर्नु उपयुक्त ?

By: Nepse Direct Sep 04, 2019

आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट एनआईसी एशिया बैंक NICA  2.03 %  387.00 र सानिमा बैंक लिमिटेड SANIMA  1.41 %  349.00 ले समान दरमा लाभांश वितरण गर्ने घोषणा गरेका छन् । गत आवको मुनाफाबाट दुबै बैंकले १० प्रतिशत बोनस सेयर र ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् । एनआईसी एशियाले भदौ ११ गते २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो भने सानिमाले भदौ १७ गते सोही दरमा लाभांश वितरण गर्ने सूचना दिएको हो । 

सेयरमूल्य

2019-09-03_123922

मंगलबारको कारोबार अनुसार एनआइसी एशियाको अन्तिम मूल्य ४४९ रुपैँया रहेको छ । सो दिन यस कम्पनीको सेयरमूल्य १३ रुपैयाँ बढेको थियो । पछिल्लो १ महिनामा यस बैंकको सेयरमूल्य ३.८५ प्रतिशत घटेको छ । गत वर्ष यसै दिनको तुलनामा भने यस बैंकको सेयरमूल्य १७.२३ प्रतिशत बढेको छ । 

मंगलबार सानिमा बैंकको सेयरमूल्य भने १७ रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन ३३८ रुपैयाँमा बन्द भएको कारोबार सो दिन भने ३५५ रुपैयाँमा बन्द भएको छ । पछिल्लो १ महिनामा यस बैंकको मूल्य ०.२८ प्रतिशत बढेको छ । गत वर्ष यसै दिनको तुलनामा भने यस बैंकको मूल्य ७.५८ प्रतिशत बढेको छ । 

 वित्तीय विवरणः

financial

गत आवको चौथो त्रैमासको वित्तीय विवरण तुलना गर्दा एनआईसी एशियाको खुद नाफा सानिमा बैंककोभन्दा बढी देखिन्छ । एनआईसी एशियाको त्रैमासिक नाफा पनि सानिमाको भन्दा बढी रहेको छ । अन्य शिर्षकहरुमा पनि एनआईसी एशियाले नै अग्रता लिएको छ ।  

लाभांश

एनआईसी एशिया बैंक

nica dividend

सानिमा बैंक

sanima dividend

पछिल्लो ६ वर्षमा एनआईसी एशिया बैंकले सेयरधनीहरुका लागि औषतमा २५.१७ प्रतिशत लाभांश वितरण गरेको छ भने सानिमा बैंकले १७.२८ प्रतिशत लाभांश वितरण गरेको छ । 

निष्कर्षः

हालै घोषणा गरेको लाभांशलाई आधार मानेर सेयरमूल्यको तुलना गर्दा अहिले सानिमा बैंकको सेयर खरिद गर्दा उपयुक्त हुने देखिन्छ । एनआईसी एशियाभन्दा सस्तो मूल्य र सोही दरको लाभांशका कारण सानिमा अल्पकालिन लगानीकर्ताका लागि आकर्षण हुनेछ । तर, पछिल्ला वर्षहरुको पनि तुलना गरी हेर्दा दीर्घकालिन लगानीका लागि एनआईसी एशिया बैंक उपयुक्त हुनेछ ।  

Shivam Cement
Companies in this article:
NICA NICAP SANIMA SBBLPO