info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेपालमा कोरोना संक्रमित संख्या ३ पुग्यो

By: Nepse Direct Mar 25, 2020

नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको  छ।

 नेपालमा भेटिएका सङ्क्रमितको सङ्ख्या तीन पुगेको छ। तर त्यसमध्ये एक जना निको भइसकेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि अरूबाट अलग्ग राखिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंंसारभरि ४ लाख २३ हजार ४६९  जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा १ लाख ९  हजार १५३  जना उपचारपछि घर फर्किएका छन् भने २ लाख ९५ हजार ४०७  व्यक्ति हाल उपचारारत छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ देशमा देखा परिसकेको छ। हालसम्म मृत्यु हुनेको संख्या १८ हजार ९०९ पुगेको छ। 

Mega Maya Bachat Khata