info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेपाल एसबिआईको ऋणपत्र कम जोखिमपूर्ण, इक्राले दियो यस्तो रेटिङ

By: Nepse Direct Oct 02, 2019

इक्रा नेपालले नेपाल एसबिआई बैंकको ऋणपत्रलाई कम जोखिम जनाउने रेटिङ प्रदान गरेको छ । बैंकको हाल बजारमा रहेको २० करोड रुपैयाँ बराबरको ऋणपत्र र निष्कासनको तयारीमा रहेको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रलाई इक्राएनपी एलएए रेटिङ दिएको हो । यसका साथै, इक्राले बैंकलाई इक्राएनपीआईआर एए रेटिङ दिएको छ । यसले बैंकको क्रेडिट रिस्क न्यून रहेको संकेत गर्दछ । बैंकको स्वस्थ पुँजीकरण, पर्याप्त फ्रान्चाइज, सन्तोषजनक सिसिडि रेशियो र बलियो संस्थापक सेयरधनीलाई इक्राले सकारात्मक पक्षको रुपमा लिएको छ । बैंकको संस्थापक सेयरमा ५५ प्रतिशत स्टेट बैंक अफ इन्डियाको हिस्सा रहेको छ भने १५ प्रतिशत कर्मचारी संचयकोषको हिस्सा रहेको छ । 

sbi

Shivam Cement
Companies in this article:
SBI SBIPO