info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एनएमबि ५० ले थप्यो आवेदन दिने म्याद, भदौ १० गतेसम्म आवेदन दिन सकिने

By: Nepse Direct Aug 01, 2019

एनएमबि ५० ले इकाई निष्कासनमा आवेदन दिने म्याद थप गरेको छ । यस योजनाले साउन १३ गतेदेखि प्रति इकाई १० अंकि मूल्यका १२ करोड इकाई निष्कासन तथा बिक्री खुला गरेको थियो । माग बमोजिम आवेदन नपरेको हुनाले निष्कासन अवधि थप गरिएको योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बताएको छ । सो योजनामा अब भदौ १० गतेसम्म आवेदन दिन सकिने भएको छ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिन पर्नेछ भने अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

Maruti Cement
Companies in this article: