info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सिद्धार्थ बैंकको ऋणपत्र निष्कासन तथा बिक्री आजदेखि खुला

By: Nepse Direct Aug 22, 2019

सिद्धार्थ बैंक लिमिटेड SBL  0.6 %  329.00 ले रू. २५ लाख कित्ता ऋणपत्र आज (भदौ ५ गतेदेखि) जारी गरेको छ । सो मध्ये १५ लाख कित्ता प्राइभेट प्लेसमेन्टबाट र १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । यसका लागि बैंकले गत जेठ ७ गते नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो ।  

बैंकले १०.२५ प्रतिशत बार्षिक ब्याजदरमा ७ बर्षका लागि ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ । ७ वर्षपछि भने साँवा तथा ब्याज एकमुष्ट भुक्तानी गरिने बताइएको छ । 

बैंकले निष्कासन गर्न लागेको कुल कित्ता मध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ । दरखास्तका लागि न्यूनतम ऋणपत्र २५ कित्ता रहेको छ भने आवेदकले अधिकतम ऋणपत्र १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

आवेदकले सि आश्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय कम्पनीबाट आवेदन दिन सक्नेछन् । साथै, मेरोसेयरको सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने बताइएको छ । आवेदन दिने अन्तिम मिति भदौ ९ गते तोकिएको छ । यदि, उक्त मितिमा आवश्यक आवेदन नपरेमा असोज ५ गते सम्म म्याद थप गरिने बताइएको छ । 

बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी आइआर रेटिङ्ग प्रदान गरेको छ । यसले औसत कर्जा जोखिम  रहेको संकेत गर्दछ ।  

थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् । 

आवेदन दिनको लागि यहाँ क्लिक गर्नुहोस् ।

Shivam Cement
Companies in this article:
SBL SBLPO