निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड NUBL 5.57 % 1726.00 ले अघिल्लो आवको तुलनामा बढी बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । अघिल्लो आवको मुनाफबाट कम्पनीले २० प्रतिशत बोनस वितरण गरेको थियो । भदौ २६ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट सो दरमा बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साथै, कम्पनीले बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित गरी १५.५३ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ ।