info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सानिमा बैंकले पछिल्ला ३ आवकोभन्दा बढी लाभांश वितरण गर्ने

By: Nepse Direct Sep 03, 2019

सानिमा बैंक लिमिटेड SANIMA  1.41 %  349.00 ले पछिल्ला ३ आर्थिक वर्षको भन्दा बढी लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट चुक्तापुँजीको २१.०५२६ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेको हो । आव २०७२/७३ पछि बैंकले १६ प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको छैन । 

बैंकले घोषणा गरेको लाभांशमध्ये १० प्रतिशत बोनस सेयर रहेको छ भने ११.०५२६ प्रतिशत नगद लाभांश रहेको छ । हाल बैंकको चुक्तापुँजी ८ अर्ब १२ लाख रहेको छ । १० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापुँजी ८ अर्ब ८ करोड १२ लाख पुग्नेछ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ । 

sanima dividend

sanima

Shivam Cement
Companies in this article: