info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

स्वदेशीका लगानीकर्तालाई बोनस र नगद दुबै

By: Nepse Direct Sep 05, 2019

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड SDESI  3.03 %  609.00 ले लगानीकर्तालाई बोनस सेयर र नगद लाभांश दुबै वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १३.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । साथै बोनस तथा नगद लाभांशको कर प्रयोजनको लागि १.७५ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्नेछ । भदौ १८ गते सम्पन्न कम्पनीको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापुँजी २३ करोड रहेको छ । २० प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्तापुँजी २७ करोड ६० लाख पुग्नेछ । 

sdesi dividend

sdesi

Shivam Cement
Companies in this article: