info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सूर्योदयले ४६.८२ प्रतिशत लाभांश वितरण गर्ने

By: Nepse Direct Aug 26, 2019

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड SLBS ले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ४६.८१८७४ प्रतिशत लाभांश वितरण घोषणा गरेको छ । सोमध्ये ४४.४७७८ प्रतिशत बोनस सेयर र २.३४०९ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनको लागि) रहेको छ । भदौ ७ गते सम्पन्न कम्पनीको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापुँजी १० करोड ७९ लाख १९ हजार रहेको छ । यो कम्पनीले वितरण गर्न लागेको हालसम्मकै उच्च लाभांश दर हो । तर अघिल्लो आवको तुलनामा बोनस सेयरको दर भने घटेको छ । 

slbs dividend

Shivam Cement
Companies in this article: