info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

कुमारीले अघिल्लो वर्षभन्दा बढी बोनस वितरण गर्ने

By: Nepse Direct Aug 28, 2019

कुमारी बैंक लिमिटेडले आज लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सोमध्ये १० प्रतिशत बोनस सेयर रहेको छ भने सोको कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश रहेको छ । गत आवमा बैंकले ८.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । भदौ ११ गते बसेको कम्पनीको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरी आगामी वार्षिक साधारण सभाबाट पारित गरी सो लाभांश वितरण गरिनेछ । हाल बैंकको चुक्तापुँजी ८ अर्ब ६८ करोड रहेको छ । बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापुँजी ९ अर्ब ५४ करोड पुग्नेछ ।

बैंकको लाभांश इतिहास

kbl dividend

kbl

Shivam Cement
Companies in this article:
KBL KBLPO