info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

खस्कियो इकोनोमिक फ्रिडम इन्डेक्समा नेपालको स्थान, कम व्यापार स्वतन्त्रता र न्यून सरकारी खर्च प्रमुख कारण

By: Nepse Direct Sep 19, 2019

इकोनोमिक फ्रिडम इन्डेक्स २०१९ मा नेपाल १३६ स्थानमा झरेको छ । नेपालले ५३.८ अंक प्राप्त गर्दै यो स्थानमा पुगेको हो । सन् २०१८ मा नेपाल ५४.१ अंक सहित १३३ औँ स्थानमा रहेको थियो भने सन् २०१७ मा ५५.१ अंक सहित १२५ औँ स्थानमा रहेको थियो । एशिया प्यासेफिक रिजनका ४३ देशहरुमध्ये नेपाल ३४ औँ स्थानमा रहेको छ । नेपालले प्राप्त गरेको अंक, क्षेत्रीय र विश्व औषतभन्दा कम रहेको छ । द हेरिटेज फाउन्डेसनले प्रकाशित गरेको प्रतिवेदन अनुसार श्रम स्वतन्त्रता र मौद्रिक स्वतन्त्रतामा वृद्धि भएपनि कम व्यापार स्वतन्त्रता र न्यून सरकारी खर्चका कारण नेपालको स्थान खस्किएको हो । 

eco free

भुपरिवेष्ठत देश नेपालमा उद्यमी गतिशिलताको कमी रहेका कारण विकास कार्यहरु हुन नसकेको सो प्रतिवेदनमा उल्लेख छ । सरकारले नेपालको जलविद्युत क्षमता बढाउनका लागि भारतसंग व्यापार र लगानी सम्झौतामा हस्ताक्षर गरेतापनि राजनैतिक अस्थिरताका कारण वैदेशिक लगानी भित्र्याउन गाह्रो भएको सो प्रतिवेदनमा उल्लेख छ । स्वीकृतीको बोझिलो प्रक्रिया र पारदर्शिताको अभाव नेपालमा वैदेशिक लगानी भित्र्याउन नसक्नुको अरु थप कारण हो । भ्रष्टाचार र राजनीति प्रभावको अधिनमा रहेको असक्षम न्यायिक प्रणालीका कारण देशको सम्पत्ती अधिकार क्षतिग्रष्ट रहेको प्रतिवेदनले बताएको छ । 

क्षेत्रीय श्रेणीकरण

regional

उत्कृष्ट ३५ देश

top 35

सामाजिक सन्जालमा

Shivam Cement