info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एक्सेल डेभलपमेण्ट बैंकको साधारण सभा आज हुँदै

By: Nepse Direct Jun 28, 2020

एक्सेल डेभलपमेण्ट बैंक   EDBL  1.72 %  285.00 को साधारण सभा आज , आइतवार (असार १४ गते) हुने भएको छ ।

कम्पनीको असार २ गतेको सञ्चालक समितिको बैठकले होटल टाईमलेस मुमेन्टस, विर्तामोड, झापामा अपरान्ह १ बजे सभा गर्ने निर्णय गरेको हो ।  

सभाले बैंक सञ्चालक समितिले गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १७.१० प्रतिशत अर्थात ११ करोड ८४ लाख ४७ हजार २४९ रुपैयाँ बोनस शेयर र सो बोनसको कर प्रयोजनका लागि ०.९० प्रतिशत अथार्त ६२ लाख ३४ हजा ६५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

कम्पनीको १३ औं वार्षिक साधारण सभाले  पारित गरेको ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बाँकी रहेकाले बोनस पश्चात कायम चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजार २२४ रुपैयाँको ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँको हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत सभाका लाागि तय भएको छ । 

सभाले संचालन समितिमा रिक्त संचालक पदमा बाँकी अवधिका लागि गरेको संचालन नियुक्ति र स्वतन्त्र संचालकको नियुक्ती अनुमोदन गर्नेछ । 

उक्त कम्पनीले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन गर्ने अवस्थामा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले चैत ७ गतेदेखि बुक क्लोज गरेको छ । गत चैत ६ गतेसम्म कायम भएका शेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् 

Mega Maya Bachat Khata
Companies in this article:
EDBL EDBLPO