info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले थप्यो आवेदन दिने म्याद, भदौ २ गतेसम्म आवेदन दिन सकिने

By: Nepse Direct Aug 12, 2019

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ SIGS2ले इकाई निष्कासनमा आवेदन दिने म्याद थप गरेको छ । सो योजनामा अब भदौ २ गतेसम्म आवेदन दिन सकिने भएको छ । सिद्धार्थ म्युचुअल फन्डले साउन २३ गते देखि प्रति इकाई १० रुपैयाँ अंकित दरले १४ करोड इकाई निष्कासन तथा विक्री खुला गरेको थियो । यस योजनाको कोष प्रबद्र्धक सिद्धार्थ बैंक लिमिटेड  रहेको छ । यसको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । योजनाले १४ करोड इकाई बीज पुँजीबापत २ करोड १० लाख इकाई कोष प्रबद्र्धकलाई सुरक्षित राखेको छ । सर्वसाधारणले बाँकी ११ करोड ९० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

Shivam Cement