info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

फस्ट माइक्रोफाइनान्सले गर्यो १७ प्रतिशत बोनस वितरण गर्ने घोषणा

By: Nepse Direct Aug 13, 2019

फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड FMDBL ले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १७ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । यो गत आवको मुनाफाबाट लाभांश घोषणा गर्ने पहिलो कम्पनी हो । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा १३ करोड ३२ लाख खुद नाफा आर्जन गर्न सफल भएको थियो । सो बोनस सेयरको कर प्रयोजनको लागि कम्पनीले ०.८९४७ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ । साउन २७ गते बसेको कम्पनीको संचालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको थियो । हाल कम्पनीको चुक्तापुँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रहेको छ । 

fmdbl dividend

fmdbl

Shivam Cement
Companies in this article: