info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

निर्धनको खुदनाफा ७३ करोड नाघ्यो, ६१.६२ इपिएस

By: Nepse Direct Aug 07, 2019

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासमा ७३ करोड ९५ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.२४ प्रतिशत बढेको हो ।

१अर्बभन्दा बढी संचालन मुनाफा

कम्पनीको संचालन मुनाफा समिक्षा अवधिमा ४१.५७ प्रतिशत बढेर १ अर्ब १४ करोड ६२ लाख ४८ हजार रुपैयाँ बराबर पुगेको छ । त्यसैगरी, कम्पनीको खुद ब्याज आम्दानी २१.०५ प्रतिशत बढेर १ अर्ब ५७ करोड ९२ लाख ६४ हजार मा सिमित भएको छ । 

१ अर्ब २० करोड चुक्ता पूँजी 

असार मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड पुगेको छ । कम्पनीको निक्षेप समिक्षा अवधिमा २८.९२ प्रतिशत बढेर ११ अर्ब ४ करोड ८९ लाख ४४ हजार रुपैयाँ बराबर पुगेको छ ।

१९ अर्ब कर्जा प्रवाह

कम्पनीले असार मसान्तसम्ममा १९ अर्ब ६३ करोड ९५ लाख ७५ हजार कर्जा प्रवाह गर्न सफल भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २७.१० प्रतिशत बढी हो । कम्पनीको जगेडा कोष असार मसान्तसम्म १ अर्ब ६२ करोड २० लाख ८१ हजार पुगेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २९.६७ प्रतिशत बढी हो । 

प्रति सेयर आम्दानी ६१.६२ रुपैयाँ

असार मसान्तसम्ममा कम्पनीको प्रति सेयर आम्दानी ६१.६२ रुपैयाँ कायम भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १०.१९ प्रतिशत बढी हो । प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ रहेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १३.६५ रुपैयाँ रहेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २५.४५ प्रतिशत घटी हो ।

nirdhan

Mega Maya Bachat Khata
Companies in this article: